२० मंसिर २०८२ शनिबार
image/svg+xml
खेल

यस वर्ष ‘ए’ डिभिजन लिग ‘होम एन्ड अवे’ प्रणालीमा नहुने

यस वर्षको सहिद स्मारक ‘ए’ डिभिजन लिग ‘होम एन्ड अवे’ प्रणालीमा नहुने भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले पत्रकार सम्मेलन गरेर उक्त कुराको जानकारी दिएको हो। 

‘यो वर्ष ए डिभिजन लिग होम एन्ड अवेमा हुने भनिएको थियो। तर त्यो प्रणालीमा गर्ने वातावरण मिलेन,’ एन्फाका महासचिव किरण राईले भने,‘हामीले छठपछि क्लबहरूसँग छलफल गरेर लिग कस्तो प्रणालीमा गर्ने भनेर छलफल गर्नछौं ।’

डिभिजन लिग २०७९–८० देखि हालसम्म आयोजना भएको छैन। यसअघि एन्फाले पुस ९ देखि असार २६ गतेसम्म चल्ने ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा गर्ने निर्णय गरेको थियो। 

प्रकाशित: २८ आश्विन २०८२ १८:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App