२० वैशाख २०८३ आइतबार
image/svg+xml
खेल

यस्तो हुनसक्छ युएईविरुद्ध नेपालको सुरुआती–११

नेपाल र युएईबिचको जारी सिरिजमा मंगलबार दोस्रो तथा अन्तिम खेल हुँदैछ।

त्रिवि क्रिकेट मैदानमा बेलुका ५ बजेबाट सुरु हुने यस खेलमा घरेलु टोली नेपाललाई जित्नु बाहेक अन्य विकल्प छैन।

सोमबार भएको पहिलो खेलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको हो। सिरिज बराबरीमा ल्याउन मंगलबार नेपालले युएईलाई हराउनै पर्ने हुन्छ। 

दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको नेपालका लागि मंगलबारको खेल थप महत्वपूर्ण हुनेछ। मंगलबार युएईविरुद्ध उत्रिँदा नेपाली टोलीमा केही परिवर्तन हुने अपेक्षा गरिएको छ। नेपालको ओपनर भूमिकामा कुशल भुर्तेलले नै निरन्तरता पाउने छन्।

उनलाई साथ दिन लोकेश बम आउन सक्छन्। त्यस्तै, तेस्रोमा सम्भवतः सन्दीप जोराले नै निरन्तरता पाउनेछन्। त्यस्तै, मिडलअर्डरमा कप्तान दीपेन्द सिंह ऐरी, बसिर अहम्मद, कुशल मल्ल तथा गुलशन झाको स्थानमा सन्तोषले स्थान पाउन सक्ने देखिन्छ।

त्यस्तै, सोमबार झैँ नन्दन यादव, सन्दीप लामिछाने, शोर मल्ल र हेमन्त धामी यी चारै जना सुरुआती–११ मा पर्न सक्छन्।

युएईविरुद्ध नेपालको सुरुआती–११ मा कुशल भुर्तेल, लोकेश बम, सन्दीप जोरा, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी (कप्तान),गुल्शन झा/सन्तोष यादव, बसिर अहमद,नन्दन यादव, शेर मल्ल, सन्दीप लामिछाने र हेमन्त धामी रहेका छन्।

प्रकाशित: ८ वैशाख २०८३ १३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App