१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

यस्तो छ स्कटल्याण्डविरुद्ध मैदान उत्रने नेपाली टोली

मुम्बईको वानखेडे स्टेडियममा केही बेरमा सुरु हुने टी-२० विश्वकपको समूह ‘सी’ को अन्तिम खेलका लागि नेपालले आफ्नो ११ सदस्यीय टोली सार्वजनिक गरेको छ।

टोलीको ब्याटिङको जिम्मेवारी कप्तान रोहित पौडेल, उप-कप्तान दीपेन्द्र सिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेलको काँधमा रहेको छ।

त्यस्तै, मध्यक्रमलाई मजबुत बनाउन आरिफ शेख, सन्दीप जोरा र विस्फोटक ब्याटर लोकेश बमलाई समावेश गरिएको छ।

बलिङतर्फ सोमपाल कामी र स्पिनर सन्दीप लामिछानेले आक्रमणको नेतृत्व गर्नेछन्।उनीहरूलाई तीव्र गतिका बलर नन्दन यादव र युवा अलराउन्डर गुलशन झाले साथ दिनेछन्।

स्कटल्याण्डविरुद्धको भिडन्तमा कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका छन्।

यस्तो छ स्कटल्याण्डविरुद्ध मैदान उत्रने नेपाली टोली

May be an image of crowd and text that says 'VICCV 天 VICC MEN'ST WORLD WORLDCUP CUP INDIA INDIA&SRIL SRILANKA NDIA&SRILANKA2021 RI ANKA 2026 SRI LINEUPS Nep Toss Field Rohit Paudel Dipendra S Airee Aasif Sheikh Kushal Bhurtel Aarif Sheikh Lokesh Bam Gulshan Jha Sundeep Jora Nandan Yadav Sompal Kami Sandeep Lamichhane NupalCricknt Nurall'

प्रकाशित: ५ फाल्गुन २०८२ १९:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App