भारतमा जारी त्रिदेशीय महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिता अन्तर्गत आज हुने भारतविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको सुरुवाती-११ घोषणा गरिएको छ।
सिलोङको जवाहरलाल नेहरु रंगशालामा केही बेरमा सुरु हुने खेलमा कप्तान सावित्रा भण्डारीले नेपाली टोलीको नेतृत्व गर्नेछिन्।
यो प्रतियोगिताको अन्तिम खेल हो। यसअघि नै इरानले प्रतियोगिताको उपाधि जितिसकेको छ। आफ्नो पहिलो खेलमा नेपाल र भारत दुवै इरानसँग पराजित भएका थिए। त्यसैले आजको खेल दुवै टोलीका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ।
भारतविरुद्ध नेपालको सुरुवाती-११:
फरवार्ड: सावित्रा भण्डारी (कप्तान), रेखा पौडेल
मिडफिल्डर: प्रीति राई, रेनुका नगरकोटे, दिपा शाही, सबिता राना मगर
डिफेन्डर: पूजा राना, समीक्षा घिमिरे, मनमाया दमाई, बिमला विक
गोलकिपर: अन्जना राना मगर
प्रकाशित: १० कार्तिक २०८२ १७:२४ सोमबार





