७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

नेपाललाई तेस्रो झट्का: आक्रामक ब्याटिङ गरिरहेका कुशल मल्ल आउट

फाइल।

वेस्ट इन्डिजविरुद्ध सानदार पुनरागमन गरिरहेको नेपालले तेस्रो विकेटको रूपमा महत्वपूर्ण ब्याट्सम्यान कुशल मल्ललाई गुमाएको छ।

आक्रामक ब्याटिङ गर्दै नेपालको स्कोर उकासिरहेका मल्ल २१ बलमा ३० रन बनाएर पभेलियन फर्किएका हुन्।

आफ्नो विस्फोटक इनिङ्सका क्रममा उनले २ चौका र २ छक्का प्रहार गरे। कप्तान रोहित पौडेलसँग ५९ रनको महत्वपूर्ण साझेदारी गर्दै उनले नेपालको इनिङ्स उकासेका थिए।

उनको बहिर्गमनसँगै नेपालको रन गतिमा धक्का लाग्न सक्ने देखिएको छ।

यो समाचार तयार पार्दासम्म नेपालले १०.३ ओभरमा ३ विकेटको क्षतिमा ७१ रन बनाएको छ।

अब कप्तान रोहित पौडेललाई साथ दिन अलराउन्डर गुलशन झा क्रिजमा आएका छन्। यसअघि नेपालले सुरुवातमै दुवै ओपनरलाई १२ रनको स्कोरमा गुमाएको थियो।

प्रकाशित: ११ आश्विन २०८२ २१:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App