११ श्रावण २०८३ सोमबार
image/svg+xml
खेल

नेपाल र नामिबिया बीचको खेल सुरु

आईसिसी लिग-२ अन्तर्गत नेपाल र नामिबिया बीचको खेल सुरु भएको छ।  

टस भएपछि वर्षाले प्रभावित खेल केहीबेर अघि सुरु भएको हो। नेपालले टस जितेर पहिला फिल्डिङ रोजेपछि अहिले नामिबियाले ब्याटिङ गरिरहेको छ।  

पहिला २ खेलमा बेन्चमा बसेका भीम सार्की यो खेलमा प्लेइङ सेटमा अटाएका छन्। उनले ललित राजवंशीलाई रिप्लेस गरेका हुन्। ललितले दोस्रो खेलमा नन्दन यादवलाई प्रतिस्थापन गरेका थिए। बाँकी सबैले यो खेलमा पनि निरन्तरता पाएका छन्। 

जारी सिरिजमा अघिल्ला दुवै खेल गुमाएकाले नेपाल आजको खेलमा दबाबमा छ। उपाधि होडबाट बाहिरिएको नेपाल शीर्ष चारमा रहँदै विश्वकपका लागि छनोट हुने सम्भावना पनि कमजोर भएपछि दबाबमा परेको हो।  

नेपालले आफ्नो पहिलो खेल नामिबियासँग ८ विकेट र दोस्रो खेल नेदरल्याँड्ससँग ६ विकेटले हारेको थियो।  

समान ३० खेलबाट नेदरल्यान्ड्सको ३६ अंक छ । नेपाल र नामिबियाको समान २४ अंक छ। नेदरल्यान्ड्स तेस्रो, नेपाल पाँचौ र नामिबिया छैठौं स्थानमा छन्। नेदरल्यान्ड्सले यसअघिका दुवै खेलमा जित निकालेको छ भने नामिबियाले एक खेल जितेको छ। 

प्रकाशित: ११ श्रावण २०८३ १५:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App