१२ श्रावण २०८३ मंगलबार
image/svg+xml
खेल

विश्वकप लिग २ः नामिबियाले दियो नेपाललाई २१२ रनको लक्ष्य, करणले लिए ५ विकेट

आईसिसी विश्वकप लिग २ अन्तर्गत जारी सिरिजमा नामिबियाले नेपाल सामु २१२ रनको लक्ष्य प्रस्तुत गरेको छ।  

नेपालले टस जितेर पहिला फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै २११ रनको योगफल तयार पारेको हो।  

नामिबियाका लागि जान फ्रालिन्कले सतक बनाए। लौरेन स्टिनकाम्पले ५९ रनको योगदान गरे। ३७ रन बनाउँदा २ विकेट गुमाएको स्थिति सम्हाल्दै जान र लौरेनले तेस्रो विकेटका लागि १३१ रनको साझेदारी गरे।  

बलिङतर्फ करण केसीले ५ विकेट लिए। एकदिवसीय क्रिकेटमा करियरकै उत्कृष्ट बलिङ गर्नेक्रममा करणले आफ्नो स्पेलमा २ मेडनसहित २९ रन खर्चेर ५ विकेट लिए। सोमपाल कामीको नाममा एक विकेट रह्यो। अर्का एक रन आउट भए।

जारी सिरिजमा नेपालले आफ्नो पहिलो खेल नामिबियासँग ८ विकेट र दोस्रो खेल नेदरल्याँड्ससँग ६ विकेटले हारेको थियो।  

समान ३० खेलबाट नेदरल्यान्ड्सको ३६ अंक छ । नेपाल र नामिबियाको समान २४ अंक छ। नेदरल्यान्ड्स तेस्रो, नेपाल पाँचौ र नामिबिया छैठौं स्थानमा छन्। नेदरल्यान्ड्सले यसअघिका दुवै खेलमा जित निकालेको छ भने नामिबियाले एक खेल जितेको छ। 

प्रकाशित: ११ श्रावण २०८३ १८:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App