आईसीसी महिला विश्वकपको लिग खेलमा भारत र बंगलादेशबीचको खेल बराबरीमा सकिएको छ।
बंगलादेशले भारतलाई १२० रनको लक्ष्य दिएको थियो। टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको भारतले ८.४ ओभरमा बिना विकेट ५७ रन बनायो। तर वर्षाले खेल यही स्कोरमा रद्द भयो।
त्यतिबेला स्मृति मन्धाना ३४ रन र अमनजोत कौर १५ रन बनाएर खेलिरहेका थिए।
बंगलादेशले पहिले ब्याटिङ गर्दै २७ ओभरमा ९ विकेट गुमाएर ११९ रन बनाएको थियो। वर्षाले खेल ५० ओभरबाट घटाएर २७ ओभरमा झारिएको थियो।
बंगलादेशका लागि शर्मिन अख्तरले सबैभन्दा धेरै ३६ रन बनाइन्। भारतका लागि राधा यादवले तीन विकेट लिइन्।
खेल आइतबार नवी मुम्बईको डीवाई पाटिल रंगशालामा भएको थियो।
प्रकाशित: १० कार्तिक २०८२ ०८:२२ सोमबार


-600x400.jpg)


