१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

भारत र साउथ अफ्रिकाबीचको अन्तिम टी-२० आज राति

भारत र साउथ अफ्रिकाबीचको पाँचौ तथा अन्तिम टी-२० शुक्रबार राति हुँदैछ । खेल नेपाली समयअनुसार राति ७ः१५ बजे अहमदावादमा सुरु हुनेछ ।  

पाँच खेलको सिरिजमा भारत २-१ ले अघि छ । पहिलो खेलमा १०१ रनको फराकिलो जित निकालेको भारत दोस्रो खेलमा भने ५१ रनले पराजित भएको थियो । तेस्रो खेलमा भारतले ७ विकेटले बाजी मार्यो । चौथो खेल भने रद्द भएको थियो ।  

पाँचौ खेलमा जित निकाल्न सके भारतले सिरिज ३-१ ले कब्जा गर्नेछ । हारले भने सिरिज बराबरीमा सकिनेछ । शुक्रबारको खेलसँगै साउथ अफ्रिकाको भारत भ्रमण सकिनेछ ।  

यसअघि खेलिएको तीन खेलको एक दिवसीय भारतले २-१ ले जितेको थियो भने दुई खेलको टेस्ट सिरिज भने भ्रमणकारी टोली साउथ अफ्रिकाले क्लिनस्विप गरेको थियो । 

प्रकाशित: ४ पुस २०८२ १८:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App