नेपाल र मलेसियाबीचको पाँच खेलको टी-२० सिरिजअन्तर्गतको अन्तिम खेल बुधबार हुँदैछ। चार खेलको समाप्तिमा खेल बराबरीमा छ।
मलेसियाको बायुमस क्रिकेट ओभल रंगशालामा भइरहेको सिरिजको बुधबारको खेल निर्णायक हुनेछ। किनभने, बुधबार खेल जित्ने टोलीले सिरिज जित्नेछ । सिरिजको पहिलो खेलमा मलेसिया ३ रनले र तेस्रो खेलमा १३ रनले विजयी भएको थियो । नेपालले भने दोस्रो र चौथो खेलमा समान ६ विकेटको जित निकालेको थियो ।
बुधबार हुने खेल एकदमै रोचक हुनेछ। समान हार र जितसहित उपाधि कसले बाजी मार्ने भन्ने होडमा दुवै टोली हुनेछन्।
नेपालको ओपनिङ बुधबार सम्झना खड्गा र रुबी पोदारले गर्ने सम्भावना छ। उनीहरुको ओपनिङले नेपालको योगफल कति पुग्ने हो भन्ने लक्ष्य तय गर्नेछ । सुरुवाती झड्काले पछिल्ला क्रमका ब्याटरलाई पनि दबाबमा राख्ने भएकाले ठूलो सट प्रहार गर्ने क्रममा आउट हुने सम्भावना बढी रहन्छ । जसका कारण नेपाल सस्तैमा समेटिने डर रहन्छ ।
नेपालका लागि पूजा महतोको भूमिका महत्त्वपूर्ण हुनेछ । उनको अलराउन्ड प्रदर्शन मलेसियामाथि हाबी हुनेछ। सिरिजको दोस्रो खेलमा उनले ३९ रन बनाएकी थिइन्। ब्याटिङ, बलिङ र फिल्डिङमा उस्तै प्रदर्शन गर्ने पूजा मध्यक्रममा जम्न सके नेपालले उच्च योगफल बनाउन सक्नेछ ।
त्यस्तै, नेपालकी कप्तान इन्दू बर्माले पहिलो खेलमा सम्झनालायक प्रदर्शन नगरेपनि सिरिजको चौथौ खेलमा आफूलाई प्रमाणित गरिन्। बर्माले चौथो खेलमा मंगलबार इतिहास रचिन्। इन्दु नेपालको पहिलो महिला १ हजार रन पूरा गर्न खेलाडी बनिन्। रुविना श्रेत्री बुधबार हुने खेलेको मिडल अर्डर ब्याटिङ सम्हालने छिन्। इन्दु, पूजा र रुबिनामध्ये कुनै दुईबीच साझेदारी बने नेपाल ब्याटिङमा सम्हालिनेछ ।
नेपालको बलिङलाई कविता कुँवर र सोमु विष्टले सम्हालनेछन्। सिरिजको पहिलो खेलमा सोमुले २ विकेट लिएकी थिइन्। त्यस्तै, कविता कुँवरले सिरिजको तेस्रो खेलमा २ तथा चौथो खेलमा ३ विकेट लिइन्। उनीहरुलाई बलिङमा पूजा महतो र कविता जोशीले साथ दिनेछन्।
उता, मलेसियाकी आइना हमिजा र मास एलिसा नेपालको लागि खतरा हुनेछन्। मास एलिसको अलराउन्ड भुमिकाले नेपाल सकंटमा पर्न सक्छ। मंगलबार भएको खेलमा उनी ५६ रन बनाउँदै आउट भएकी थिइन्।
त्यस्तै, मलेसियाकी आनइन्न हमिजाले सिरिजको पहिलो खेलमै नेपालको तीन विकेट लिएकी थिइन्। त्यस्तै, सोही खेलमा उनी २६ रन बनाउँदै आउट हुन पुगेकी थिइन्। उनले हालसम्मको चार खेलमा चारवटै खेलमा विकेट हात पारेकी छिन्। उनी मलेसियाको प्रमुख खेलाडी हुन्।
त्यस्तै, उनीहरुरलाई बलिङमा तर्फ नुर दानिया स्युहादा बलियो साथ दिनेछिन्।
बुधबार हुने सिरिजको निर्णायक खेलमा दुवै टोली सिरिज जित्ने लक्ष्य सहितमैदान उत्रिनेछ।
प्रकाशित: २१ आश्विन २०८२ १९:२१ मंगलबार





