२८ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

स्थानीय उत्पादनलाई खेदकुदसँग जोड्दै ताप्लेजुङ गोल्डकप

म्यान अफ द म्याचले पाउने छ ‘अलैंची’

स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै ताप्लेजुङ गोल्डकपले अलैंची उपहार राखेको छ । यसले किसानलाई पनि खेलकुदसँग जोड्ने विश्वास ताप्लेजुङ गोल्डकपले जोडेको छ।

भदौ १२ गते देखि ताप्लेजुङमा हुने चौथो ताप्लेजुङ गोल्डकपका म्यान अफ द म्याच हुने खेलाडीले ‘अलैंची’पुरस्कार पाउने भएका छन्। लाखेजात्रा सञ्चालन समितिलाई म्याद अफ द म्याचका सौजन्यकर्ता फङ्फङदेन झरना पर्यटन विकास समितिका अध्यक्ष विजय साँवा लिम्बूले म्यान अफ द म्याचले पाउने पुरस्कार स्वरुप ६० हजार रुपैयाँ बराबरको अलैंची हस्तान्तरण गरेका छन् ।  

आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार अब चौथो ताप्लेजुङ गोल्डकपका प्रत्येक खेलका म्यान अफ द म्याच हुने खेलाडीले ७ हजार रुपैयाँ बराबरको अलैंची पुरस्कार स्वरुप पाउने भएका छन्।  

ताप्लेजुङ नेपालमै सबैभन्दा बढी अलैंची उत्पादन हुने जिल्लाको रुपमा चिनिन्छ। पूर्वी नेपालको प्रमुख नगदेवालीको रुपमा रहेको अलैंचीको प्रर्वद्धनका अलैंचीलाई पुरस्कारको रुपमा वितरण गर्न थालिएको छ । फङ्फङदेन झरना पर्यटन विकास समितिले २०८२ साल मंसिर ७ गते देखि ११ गतेसम्म आयोजना गरेको दोस्रो फङ्फङदेन झरना पर्यटन महोत्सवका बेला सञ्चालित फुटबल प्रतियोगिताका बिजेता, उपबिजेतादेखि विधागत र म्यान अफ द म्याच बन्ने खेलाडीसम्मलाई पुरस्कार रकम बराबरको अलैंची प्रदान गरिएको थियो ।  

टुंगियो पुरस्कार राशी

चौथो संस्करणको ताप्लेजुङ गोल्डकपका बिजेताले पाउने पुरस्कार राशीको टुङ्गो लागेको छ । आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार यसबर्षको प्रतियोगिताका विजेताले ७ लाख २ लाख ८३ रुपैयाँ र उपविजेताले ३ लाख ५२ हजार ८३ रुपैयाँ पुरस्कार पाउने छन् । तेस्रो संस्करणको ताप्लेजुङ गोल्डकपका विजेताले ७ लाख २ लाख ८२ रुपैयाँ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ पुरस्कार पाएका थिए ।  

यसबर्ष सर्बोत्कृष्ट खेलाडी छनौटको मापदण्ड अघिल्लो संस्करण भन्दा फराकिलो बनाईएको छ । यसबर्ष सर्बोत्कृष्ट खेलाडी नेपाली या बिदेशी जोकोहि खेलाडी पनि हुनसक्ने मापदण्ड तय भएको छ । अघिल्लो संस्करणमा सर्बोत्कृष्ट खेलाडी नेपाली नागरिक नै हुनुपर्ने मापदण्ड थियो ।  

सर्बोत्कृष्ट खेलाडीले बजाज कम्पनी मोटर साइकल पुरस्कार पाउँदैछन् । अघिल्लो बर्ष सर्बोत्कृष्ट खेलाडीले यमाहाको मोटर साइकल पुरस्कार पाएका थिए । आयोजकले भदौ १२ देखि १९ गतेसम्म हुने गोल्डपकका लागि टिकट दर समेत निर्धारण गरिसकेको छ । आयोजक समितिका अध्यक्ष मादेनका अनुसार क्वाटर फाइनलका ४ खेलका लागि प्रत्येक खेल टिकट दर २ सय रुपैयाँ,सेमी फाइनलका दुईका लागि प्रति खेल टिकट दर ३ सय रुपैयाँ र फाइनल खेलका लागि ५ सय रुपैयाँ टिकट दर कायम गरिएको छ । सुरुमा आयोजक समितिले पत्रकार सम्मेलनमार्फत क्वाटर फाइनलका प्रत्येक खेलका लागि ३ सय,सेमी फाईनलका प्रत्येक खेलका लागि ५ सय र फाइनल खेलको टिकट दर १ हजार रुपैयाँ कायम गर्ने बताएको थियो । टिकट दर पुनरावलोकन गर्न आम नागरिकहरुबाट आएको सुझावलाई मध्यनजर गर्दै सुरुमा घोषणा गरिएको भन्दा कम दर हुनेगरी टिकट दर समेत कायम गरिएको लाखेजात्रा सञ्चालन समितिले जनाएको छ । प्रतियोगितामा आयोजकको एक सहित ८ टीम सहभागी हुँदैछन् । 

प्रकाशित: २८ श्रावण २०८३ २१:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App