२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

टी-२० विश्वकप ट्रफी टुर : नेपालमा जनवरी ५ देखि ७ सम्म

भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने लागेको पुरुष टी–२० विश्वकपको ट्रफी टुर नेपालमा जनवरी ५ देखि ७ गतेसम्म आयोजना हुने भएको छ।

बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ति जारी गर्दै ट्रफी टुरको मिति घोषणा गरेको हो। पुरुष टी–२० विश्वकप फेब्रुअरी ७ देखि सुरु हुँदैछ।

प्रतियोगितामा कुल २० टोलीले सहभागिता जनाउँदै छन्।

समूह ‘ए’ मा आयोजक राष्ट्र भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन्। त्यस्तै समूह ‘बी’ मा आयोजक राष्ट्र श्रीलंका, अस्ट्रेलिया, आइरल्यान्ड, जिम्बाब्वे र ओमान रहेका छन्।

टी–२० विश्वकप खेल्ने समूह ‘सी’ मा नेपाल, वेस्ट इन्डिज, बंगलादेश, इटाली र इंग्ल्यान्ड रहेका छन्। समूह ‘डी’ मा भने न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई रहेका छन्।

प्रकाशित: १६ पुस २०८२ १३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App