३ चैत्र २०८२ मंगलबार
image/svg+xml
खेल

टी–२० विश्वकपः दबाबमा पाकिस्तान, सेमिफाइनल पुग्न श्रीलंकाविरूद्ध फराकिलो जित आवश्यक

टी–२० विश्वकपअन्तर्गत सुपर ८ खेलमा शनिबार पाकिस्तान र श्रीलंका प्रतिष्प्रर्धा गर्दैछन्। पल्लेकेले रंगशालामा हुन लागेको खेल नेपाली समयअनुसार राति ७ः१५ बजे सुरु हुँदैछ ।

श्रीलंकाविरुद्धको खेल पाकिस्तानको लागि गर या मरको प्रतिस्पर्धा हुनेछ। पाकिस्तानलाई सेमिफाइनल पुग्न श्रीलंकालाई कम्तिमा ६४ रनले हराउनुपर्छ वा १३.१ ओभरभित्र लक्ष्य हासिल गर्नुपर्नेछ। 

समूह-२ बाट यसअघि नै इंल्यान्ड तीनै खेलमा जित निकाल्दै सेमिफाइलनमा पुगेको छ । शनिबारको खेलमा पाकिस्तान पराजित भए न्युजिल्याण्डले सेमिफाइनलमा स्थान पक्का गर्नेछ। +१.३९ को नेट रनरेट भएको किविज टोलीको ३ अंक छ। पाकिस्तानको रनरेट माइनस ०.४१६ रहेको छ । आयोजक टोली श्रीलंका भने यसअघि नै बाहिसकेको छ।

यस्तै, समूह एकबाट दक्षिण अफ्रिका लगातार दुई खेल जित्दै चार अंकसहित सेमिफाइनलमा प्रवेश गरिसकेको छ । यस समूहमा रहेका भारत र वेस्ट इन्डिजबिचको खेलले अर्को सेमिफाइनलिस्ट पाउनेछ । मार्च १ मा कोलकात्तामा हुने यो खेलको विजेता सेमिफाइनलमा प्रवेश गर्नेछ भने हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ । जिम्बाब्बे भने यसअघि नै नकआउटको दौडबाट बाहिरिसकेको छ । 

प्रकाशित: १६ फाल्गुन २०८२ १६:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App