१०औँ संस्करणको टी-२० पुरुष विश्वपक सुरु हुन अब केही दिन मात्र बाँकी छ। भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्न लागेको सो विश्वकपमा यस पटक पनि कूल २० टोलीले सहभागिता जनाउँदैछन्। विश्वकप खेल्ने २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ, जहाँ हरेक समूहमा ५ टोली रहेका छन्।
सन् २००७ देखि सुरु भएको पुरुष टी-२० विश्वकपको इतिहास त्यति लामो त छैन, तर टी-२० विश्वकप क्रिकेटप्रेमी माझ लोकप्रिय भएको छ। भारत, वेस्ट इन्डिज र इंल्यान्डले समान २-२ पटक यो विश्वकपको उपाधि चुमेका छन् भने अष्ट्रेलिया, श्रीलंका र पाकिस्तानले समान एक-एक पटक ट्रफीमा आफ्नो नाम लेखाएका छन् ।
नजिकिँदै गरेको विश्वकपको रौनक नेपालमा पनि बढिरहेको छ । लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक नेपालले विश्वकप खेल्न लागेको छ ।
विश्वकपको समूह 'सी' मा रहेको नेपालसँग क्रिकेटको पावर हाउस इंल्यान्ड र वेस्ट इन्डिज जस्ता टोली छन्। त्यस्तै, पहिलो पटक विश्वकप खेल्न लागेको इटली पनि यही टोलीमा छ। बंगलादेश बाहिरिँदा भाग्यमानी बनेको स्कटल्यान्ड पनि यही समूहमा रहेको छ।
कस्तो छ त नेपालसँग रहेको अन्य टोलीको विश्वकप यात्रा:
इंल्यान्ड
विश्वपको समूह 'सी' को सबैभन्दा बलियो टोली हो, इंल्यान्ड। इंल्यान्डले टी-२० विश्वकपमा दुई पटक उपाधि जितेको छ। सन् २०१० मा इंल्यान्ड पहिलो पटक विश्वपकको उपाधि जित्दा दोस्रो पटक सन् २०२२ मा उपाधि आफनो नाम गरेको हो। नेपाल र इंल्यान्ड पहिलो पटक आमने-सामने हुँदैछन्।
दुवै टोलीले फ्रेबअरी ८ (माघ २५) गते एक अर्काविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ। आईसीसी वरीयातामा तेस्रो नम्बरमा रहेको इंल्यान्डलाई यस पटक विश्वकपको उपाधिको दाबेदारका रुपमा हेरिएको छ।
वेस्ट इन्डिज
इंग्ल्यान्ड जस्तै समूह 'सी' को अर्को बलियो टोली हो, वेस्ट इन्डिज।
टी-२० पुरुष विश्वकपको दुई पटक विजेता रहेको वेस्ट इन्डिजले नेपालको सामना गर्नेछ। वेस्ट इन्डिजले सन् २०१२ र ०१६ मा विश्वकपको ट्रफी उचालेको थियो। वेस्ट इन्डिज साई होपको कप्तानीमा विश्वकपको मैदानमा उत्रनेछ ।
वेस्ट इन्डिज आईसीसी वयिरयताामा ७ औँ नम्बरमा रहेको छ । समूह 'सी' मा वेस्ट इन्डिज पनि बलियो टोलीको रुपमा देखिन्छ ।
इटाली
यो समूहको सबैभन्दा रोचक पक्ष हो, इटाली को टी-२० विश्वकपमा डेब्यू। इटालीले हालसम्म टी-२० पुरुष विश्वकप खेलेको छैन्, तर यहीँ विश्वकपमा सनसनीपूर्ण नतिजा निकाल्ने योजनामा इटली भारत-श्रीलंका आउने तयारीमा छ ।
युरोपियन क्षेत्रीय छनोट खेल्दै इटाली विश्वकप खेल्न लागेको हो । युरोपियन छनोटको शीर्ष दुईमा रहँदै इटालीले पहिलो पटक विश्वकपमा आफनो स्थान बनाएको हो। आईसीसी वरीयातामा २७औँ नम्बरमा रहेको उसले आफ्नो पहिलो विश्वकपमा सुखद् प्रदर्शन गर्न चाहान्छ।
स्टकल्यान्ड
आउँदो विश्वकपको सबैभन्दा भाग्यमानी टोली हो, स्कटल्यान्ड। युरोपियन क्षेत्रीय छनोट पार गर्न नसकेको स्टकल्यान्ड बंगालदेशले विश्वकपलाई बाहिस्कार गरेसँगै विश्वकपमा स्थान बनाउने भाग्यमानी टोली बन्यो ।
युरोपियन छनोटमा इटालीसँग पराजित भएको स्टकयान्ड अब उही समूहमा रहेर प्रतिस्पर्धा गर्दैछ। आईसीसी वरियातमा १४औँ नम्बरमा रहेको स्टकल्यमान्ड विश्वकपमा भाग्यमानी सावित हुँदा सुखद् प्रदर्शन गर्न चाहान्छ।
नेपाल र स्टकल्यान्डले टी-२० मा दुई पटक प्रतिस्पर्धा गरेका छन् जहाँ दुवै टोलीले समान १-१ जित हासिल गरेका छन्।
नेपालका खेलहरु:
माघ २५ (फेब्रुअरी ८): इंल्यान्ड
माघ २९ (फेब्रुअरी १२): इटली
फागुन ३ (फेब्रुअरी १५): वेष्ट इन्डिज
फागुन ५ (फेब्रुअरी १७): स्कटल्यान्ड
प्रकाशित: १८ माघ २०८२ १६:५९ आइतबार





