आइसिसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत आज (मंगलबार) तीन वटा खेलहरू हुँदैछन्।
समूह ‘ए’ को खेलमा स्कट एडवर्ड्सको कप्तानीमा रहेको नेदरल्यान्ड्स र गेरहार्ड इरास्मसको कप्तानीमा रहेको नामिबियाबिच दिल्लीको अरुण जेटली स्टेडियममा नेपाली समयअनुसार बिहान सवा ११ बजे प्रतिस्पर्धा हुनेछ।
त्यसपछि समूह ‘डी’ को खेलमा मिचेल सेन्टनरको कप्तानीमा रहेको न्यूजिल्यान्डले मुहम्मद वासिमको कप्तानीमा रहेको संयुक्त अरब इमिरेट्स (युएई) सँग चेन्नईको एमए चिदम्बरम स्टेडियममा दिउँसो सवा ३ बजे सामना गर्नेछ।
त्यस्तै, समूह ‘ए’ को अर्को खेलमा सलमान अली आगाको कप्तानीमा रहेको पाकिस्तान र मोनांक पटेलको कप्तानीमा रहेको अमेरिकाबीच कोलम्बोको सिंहली स्पोर्ट्स क्लबमा साँझ सवा ७ बजे खेल हुने तालिका रहेको छ।
प्रकाशित: २७ माघ २०८२ ०९:३५ मंगलबार





