१२ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
खेल

टी-२० शृंखलाः युएईविरुद्ध नेपालको कमजोर ब्याटिङ

नेपालले अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलाअन्तर्गत युएईविरुद्धको पहिलो खेलमा कमजोर ब्याटिङ गरेको छ।  

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १२ ओभरमा ४ विकेट गुमाएर ७२ रन बनाएको छ। क्रिजमा क्याप्टेन दीपेन्द्र सिंह ऐरी १३ र बसिर अहमद ५ रनमा छन्।  

कुशल मल्ल १७, कुशल भुर्तेल १६, अर्जुन साउद १३ र सन्दीप जोरा ६ रनमा आउट भए।  

नेपालले युएईसँग दुई खेलको शृंखला खेलेको हो।

प्रकाशित: ७ वैशाख २०८३ १८:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App