नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले आफ्नो दोस्रो विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको सुदूरपश्चिमले आठौं ओभरको पाँचौं बलमा दोस्रो विकेट गुमाएको हो।
विराटनगर किङ्सका स्पिनर सूर्य तामाङले सुदूरपश्चिमका विदेशी खेलाडी सेल्डन ज्याक्सनलाई विकेटकिपर लोकेश बममार्फत स्टम्पिङ गराएका हुन्।
आउट हुनुअघि ज्याक्सनले आक्रामक इनिङ्स खेल्ने प्रयास गरेका थिए। उनले ११ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २० रन बनाए।
दोस्रो विकेट गुम्दा सुदूरपश्चिमको स्कोर ६१ रन थियो। अहिले ९ ओभरको समाप्तिमा सुदूरपश्चिमले २ विकेट गुमाएर ७३ रन बनाएको छ।
क्रिजमा विनोद भण्डारी र इशान पाण्डे खेलिरहेका छन्।
प्रकाशित: २३ मंसिर २०८२ १६:४७ मंगलबार





