नेपाल प्रिमियर लिग(एनपिएल) अन्तर्गत आजको खेलमा सुदूरपश्चिमका ओपनर ब्याटर जोस ब्राउनले आक्रामक अर्धशतक प्रहार गरेका छन्। पोखरा एभेन्जर्ससँगको खेलमा ब्राउनले २९ बलमा अर्धशतक पूरा गरे।
अहिलेसम्म अर्का ओपनर विनोद भण्डारीसँग ब्राउनले ९९ रनको साझेदारी गरेपछि सुदूरपश्चिम रोयल्स निकै बलियो अवस्थामा देखिएको छ। हालसम्म १० ओभरको खेल सकिएको छ। जसमा सुदूरपश्चिमले बिना विकेटको क्षति ९९ रन जोडेको छ। जसमा ब्राउनको ३२ बलमा ६४ रन छ भने विनोदको २८ बलमा २९ रन छ।
प्रकाशित: ५ मंसिर २०८२ १६:५५ शुक्रबार





