नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गुर्खाजविरुद्ध ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सले पहिलो १० ओभरमा संघर्षपूर्ण प्रदर्शन गरेको छ।
इनिङको आधा समय सकिँदा सुदूरपश्चिमले ५ विकेट गुमाएर ५४ रन मात्र जोड्न सकेको छ।
सुरुवाती ४ विकेट सस्तैमा गुमाएको सुदूरपश्चिमका लागि आरिफ शेख र कप्तान दीपेन्द्र सिंह ऐरीले इनिङ उकास्ने प्रयास गरेका थिए।
यी दुईबिच २५ रनको साझेदारी हुँदै गर्दा दशौँ ओभरमा काठमाडौंले अर्को सफलता हात पार्यो। राशिद खानले सेट भइसकेका आरिफ शेखलाई ९.४ ओभरमा एलबीडब्लू धरापमा पारे। आरिफले २४ बलमा ३ चौकासहित २५ रन बनाएर आउट भए।
अहिले क्रिजमा कप्तान दीपेन्द्र सिंह ऐरी १२ बलमा १३ रन र भर्खरै आएका नरेन साउद १ रन बनाएर खेलिरहेका छन्।
काठमाडौं गुर्खाजका बलरहरूले कसिलो बलिङ गर्दै सुदूरपश्चिमलाई खुलेर खेल्न दिएका छैनन्।
करण केसीले ३ विकेट लिएका छन् भने मिलिन्द कुमार र राशिद खानले १–१ विकेट बाँडेका छन्।
प्रकाशित: ३ मंसिर २०८२ १६:५४ बुधबार





