१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
खेल

सुदूरपश्चिम रोयल्स: १० ओभरमा ६३/२ को स्थिति

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार भइरहेको १३ औं खेलमा १४४ रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले १० ओभरको समाप्तिमा मिश्रित प्रदर्शन गरेको छ।

इनिङ्सको आधा समय सकिँदा सुदूरपश्चिमले २ विकेट गुमाएर ६३ रन बनाएको छ।

जितका लागि सुदूरपश्चिमलाई अब अन्तिम १० ओभरमा ८१ रन आवश्यक छ भने हातमा ८ विकेट सुरक्षित छन्।

हाल क्रिजमा अनुभवी ब्याटर विनोद भण्डारी २५ रन र आरिफ शेख १० रन बनाएर खेलिरहेका छन्। उनीहरूबीच तेस्रो विकेटका लागि २४ रनको साझेदारी भइसकेको छ।

यसअघि सुदूरपश्चिमको सुरुवात राम्रो हुन सकेन। टोलीले १० रनको स्कोरमा जोस ब्राउनलाई र ३९ रनको स्कोरमा क्रिस लिनलाई गुमाएको थियो।

लुम्बिनीका बलरहरू रुबेन ट्रम्पलम्यान र अभिषेक गौतमले समान १–१ विकेट लिएका छन्।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १४३ रन बनाएको थियो।

प्रकाशित: ११ मंसिर २०८२ १४:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App