२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
खेल

सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ससामु जितका लागि १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनायो।

सुदूरपश्चिमका लागि विकेटकिपर ब्याटर विनोद भण्डारीले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतकीय इनिङ्स खेले।

प्रकाशित: २३ मंसिर २०८२ १७:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App