अर्जेन्टिनाका स्टार फुटबल खेलाडी लियोनेल मेस्सी शनिबार बिहान भातको कोलकाता आइपुगेका छन्। उनीसँगै लुइस स्वारेज र रोड्रिगो डे पल पनि छन्।
मेस्सी 'गोट इन्डिया टुर २०२५' को एक भागको रूपमा कोलकाता आइपुगेका हुज्। मेस्सीको एक झलक हेर्न कोलकाता विमानस्थलमा हजारौं फ्यानहरू भेला भएका थिए।
समाचार एजेन्सी पीटीआईका अनुसार मेस्सीलाई स्वागत गर्न हजारौं मानिसहरू मध्यरातसम्म पर्खिरहेका थिए। उनको विमान शनिबार बिहान २:२६ बजे कोलकातामा अवतरण गरेको थियो।
मेस्सीले 'गोट इन्डिया टुर २०२५' को एक भागको रूपमा भारतमा तीन दिन बिताउने छन्। यस क्रममा उनले देशका चार शहरहरूको भ्रमण गर्ने छन्।
प्रकाशित: २७ मंसिर २०८२ ०८:५८ शनिबार





