२ भाद्र २०८३ मंगलबार
image/svg+xml
खेल

सुतार र जडेजाको स्पिनमा श्रीलंका २८४ रनमा समेटियो, भारतलाई १७८ रनको अग्रता

भारत र श्रीलंकाबीच जारी पहिलो टेस्टको तेस्रो दिन भारतले बलियो पकड बनाएको छ। भारतले श्रीलंकालाई पहिलो इनिङ्समा २८४ रनमा अलआउट गर्दै १७८ रनको अग्रता लिएको छ।

एकसमय श्रीलंका ९० रनमा ५ विकेट गुमाएर संकटमा रहेका बेला सोनल दिनुषा र निरोशन डिकवेलाले १४६ रनको साझेदारी गर्दै टोलीलाई उकासेका थिए। दिनुषाले टेस्ट करियरको पहिलो शतक पूरा गर्दै १०० रन बनाए भने डिकवेलाले ८० रनको योगदान दिए।

तर भारतका स्पिनरले अन्तिम चरणमा पुनः दबाब बढाए। मानव सुतारले ४ विकेट तथा रविन्द्र जडेजाले ३ विकेट लिए। जडेजाले यसै क्रममा टेस्ट क्रिकेटमा ३५० विकेट पूरा गर्दै ४ हजार रन र ३५० विकेटको दुर्लभ उपलब्धि हासिल गर्ने चौथो खेलाडी बने।

वर्षाका कारण तेस्रो दिनको खेल निर्धारित समयभन्दा अघि सकिएको छ। अब भारतसँग १७८ रनको अग्रता छ र खेलका दुई दिन बाँकी छन्।

प्रकाशित: २ भाद्र २०८३ ०६:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App