१ भाद्र २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

‘लिटल ग्ल्याम रनवे २०२६’ का विभिन्न विधाका विजेताहरू घोषणा

डीई इभेन्ट्सको आयोजनामा सम्पन्न ‘लिटल ग्ल्याम रनवे २०२६’ का विभिन्न विधाका विजेताहरू घोषणा गरिएको छ।

 बालबालिकाको प्रतिभा, आत्मविश्वास, सिर्जनशीलता तथा मञ्च प्रस्तुतिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सहभागी बालप्रतिभाहरूले उत्साहजनक प्रस्तुति दिएका थिए।

प्रतियोगितामा बिर्शिका बस्नेत र सुहान श्रेष्ठले शीर्ष उपाधि हात पार्दा रोहिना भण्डारी र अयान्श चन्द्र अमात्यले ‘फ्यान च्वाइस’ अवार्ड जिते।

त्यस्तै रोहिना भण्डारी र बिर्शिका बस्नेतले ‘मोस्ट पपुलर’ को उपाधि जितेका छन्। आयोजकको विशेष छनोट अन्तर्गत स्वर्णिमा विष्टले ‘अर्गनाइजर च्वाइस’ अवार्ड प्राप्त गरेकी छन्।

प्रतियोगितामा सहभागी बालबालिकाको प्रस्तुति, आत्मविश्वास, सिर्जनशीलता तथा मञ्चीय क्षमतालाई विभिन्न आधारमा मूल्यांकन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमले बालप्रतिभाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने तथा मनोरञ्जन क्षेत्रमा भविष्य निर्माणका लागि प्रेरणा दिने अवसर प्रदान गरेको आयोजकको भनाइ छ।

कार्यक्रमकी आयोजक अमिषा ओली रहेकी थिइन् भने विवश थापाले कार्यक्रम व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए। प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए।

प्रकाशित: १ भाद्र २०८३ १२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App