दक्षिण अष्ट्रेलियाले नेपाल ‘ए’ विरुद्धको एकदिवसीय खेलमा ५० ओभरमा ८ विकेट गुमाएर २५९ रन बनाएको छ। यससँगै नेपाल ‘ए’ ले जितका लागि २६० रनको लक्ष्य पाएको छ।
दक्षिण अष्ट्रेलियाका लागि डाउट्जी हुगेनबोजमले शानदार शतकसहित १११ रन बनाए। उनले १२२ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। यस्तै लाचलान बाङ्सले ४२ तथा जेर्सिस वाडियाले २९ रन जोडे।
नेपालका लागि राशिद खानले २ विकेट लिए। रिजान ढकाल, पवन सर्राफ, लोकेश बम र नारायण जोशीले समान १-१ विकेट हात पारे।
अब नेपाल ‘ए’ ले २६० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गर्नेछ। नेपाललाई जितका लागि निर्धारित ५० ओभरमा २६० रन आवश्यक छ।
प्रकाशित: १९ भाद्र २०८३ १०:४० शुक्रबार



-600x400.jpg)
-600x400.jpg)
