२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

दक्षिण अफ्रिकी टोली आज स्वदेश फर्कर्ने

क्याप्शन

टी-२० पुरुष विश्वकप खेलेको दक्षिण अफ्रिका टोली बुधबार स्वदेश फर्कँदैछन्।

मध्यपूर्व तनावपछि अन्तर्राष्ट्रिय हवाई क्षेत्र बन्द भएका कारण भारतमा अलपत्र परेका दक्षिण अफ्रिकाको क्रिकेट टोली बुधबार स्वदेश फिर्ता हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जनाएको छ।  

भारतमा सम्पन्नमा टी-२० पुरुष विश्वकपमा दक्षिण अफ्रिका समिफाइनलमा न्यूजिल्यान्डसँग पराजित हुँदै विश्वकपबाट बाहिरिएको थियो।

आईसीसीले भनेको छ, 'वर्तमान व्यवस्था अनुसार, दक्षिण अफ्रिकी टोली आज राति दक्षिण अफ्रिकाको लागि प्रस्थान हुँदैछन्।'

यसअघि इंग्ल्यान्ड दुई दिन अघि मात्रै स्वदेश फिर्ता भएको थियो।  

हालै सम्पन्न १०औँ संस्करणको टी-२० विश्वकपमा कुल २० टोलीले सहभागीता जनाएका थिए। जसमा आयोजक राष्ट्र भारतले विश्वकपको उपाधि जितेको थियो।

प्रकाशित: २७ फाल्गुन २०८२ १२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App