साउदी अरेबियास्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई आधिकारिक निकायबाट जारी हुने समाचार, निर्देशन तथा सूचनाअनुसार सजग रहन आग्रह गरेको छ।
दूतावासले बुधबार एक विज्ञप्ति जारी गर्दै मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै सामाजिक सञ्जालको प्रयोग गर्दा सतर्क रहन अनुरोध गरेको हो ।
सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिने स्थान वा वस्तुको फोटो नखिच्न तथा भिडियो नबनाउन पनि दूतावासले आग्रह गरेको छ।
यस्तै, आधिकारिक रूपमा पुष्टि नभएका कुनै पनि प्रकारका समाचार, सूचना, जानकारी, फोटो वा भिडियो सामाजिक सञ्जालमा पोस्ट वा सेयर नगर्न पनि अनुरोध गरिएको छ।
दूतावासले साउदी अरेबियाका आधिकारिक निकाय वा विश्वसनीय सञ्चार माध्यमबाट आएका समाचारलाई मात्र विश्वास गर्न र पुष्टि नभएका हल्लाको पछि नलाग्न सबैलाई अपील गरेको छ।
प्रकाशित: २७ फाल्गुन २०८२ १८:३५ बुधबार





