१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

दक्षिण अफ्रिकी स्टार प्लेसिसले विराटनगर किंग्सबाट एनपीएल खेल्ने

दक्षिण अफ्रिकाका चर्चित ब्याटर फाफ डु प्लेसिसले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण विराटनगर किंग्सबाट खेल्ने भएका छन्।

विराटनगरले शुक्रबार सामाजिक सञ्जालमार्फत डु प्लेसिसलाई टोलीमा अनुबन्ध गरेको आधिकारिक रूपमा घोषणा गरेको हो।

डु प्लेसिस टी-२० क्रिकेटका अनुभवी र सफल खेलाडी मानिन्छन्। उनले दक्षिण अफ्रिकाका लागि ५० टी-२० अन्तर्राष्ट्रिय खेलमा १,५२८ रन बनाएका छन्।

विश्वकै उत्कृष्ट फिल्डरमध्ये एक मानिने उनले समग्रमा ४२४ टी-२० खेलमा ११,९०६ रन बनाएका छन्।

उनको कप्तानी र ब्याटिङमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) र सेन्ट लुसिया किंग्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) को उपाधि जितेका छन्।

उनले बिग ब्यास लिग, मेजर लिग क्रिकेट र पाकिस्तान सुपर लिगजस्ता विश्वका प्रतिष्ठित फ्रेन्चाइज लिगहरू खेलिसकेका छन्।

एनपीएलको दोस्रो संस्करण यही मंसिर १ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ।

प्रकाशित: १४ कार्तिक २०८२ १८:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App