१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

साउथ अफ्रिकाका प्लेसिसले एनपीएल खेल्ने

साउथ अफ्रिकाका भेट्रान क्रिकेटर फाफ डू प्लेसिसले नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । उनले विराटनगर किङ्सबाट एनपीएल खेल्न लागेका हुन् । विराटनगर किङ्सले एनपीएलको दोस्रो सिजनका लागि शुक्रबार प्लेसिसलाई अनुवन्ध गरेको हो ।  

४१ वर्षीय प्लेसिसले आईपीएलसहित विश्वका विभिन्न देशमा फ्रेन्चाइज लिग खेलेका छन् । तीनै फर्मेटको क्रिकेटमा साउथ अफ्रिकाको कमानी गरेका उनले सन् २०२१ बाट भने टी-२० क्रिकेटबाट सन्यास लिएका थिए ।

सन् २०११ को जनवरीमा भारतविरुद्धको एकदिवसीय खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला राखेका प्लेसिस सन् २०२१ को फेब्रुअरीमा पाकिस्तानविरुद्धको टेस्ट म्याचपछि भने साउथ अफ्रिकाको टोलीमा परेका छैनन्। 

प्रकाशित: १४ कार्तिक २०८२ १८:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App