नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा कर्णाली याक्सले विष्फोटक सुरुवात गरेको छ।
कर्णालीका कप्तान सोमपाल कामीले खेलको पहिलो बलमै विकेट लिँदै विपक्षी टोलीलाई ठूलो झड्का दिएका हुन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको कर्णालीका लागि पहिलो ओभर लिएर आएका सोमपालले सुदूरपश्चिमका विष्फोटक ब्याटर जोस ब्राउनलाई पहिलो बलमै ‘क्लिन बोल्ड’ गरे।
ब्राउन खाता नखोली ‘गोल्डेन डक’ को शिकार बन्दै पेभेलियन फर्किएका छन्। सोमपालको विकेटसँगै सुदूरपश्चिम रोयल्स खेलको सुरुवातमै दबाबमा आएको छ।
अहिले क्रिजमा विनोद भण्डारी रहेका छन् भने सुदूरपश्चिमको स्कोर ०/१ रहेको छ।
प्रकाशित: ८ मंसिर २०८२ १६:२० सोमबार





