१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

स्मितको शतकमा अमेरिकाले नेपाल 'ए'लाई दियो २६३ रनको लक्ष्य

ओपनर स्मित पटेललको शतकमा अमेरिकी टोलीले जारी अभ्यास खेलमा नेपाल 'ए'लाई २६३ रनको लक्ष्य दिएको छ।

शुक्रबार मूलपानी माथिल्लो क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६२ रन बनायो।

अमेरिकाका लागि ओपनर स्मित पटेलले शतकीय पारी खेले। उनी नेपाल 'ए'विरुद्ध १०८ बलमा ११६ रन बनाएर पेभिलियन फर्किए। सो क्रममा उनले १० चौका र ५ छक्का समेत प्रहार गरे।नेपालको लागि पवन सरार्फले २ विकेट लिए।

यसअघि नेपाल 'ए'ले खेलेको पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई ७५ रनले पराजित गरेको थियो।

प्रकाशित: २५ वैशाख २०८३ १३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App