३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

तेस्रो ताप्लेजुङ गोल्डकपको उपाधि सिरहाको सलहेस क्लबलाई

तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको उपाधि मधेस प्रदेशको सलहेस फुटबल क्लब सिराहाले हात पारेको छ। चर्च ब्वाइज फुटबल क्लब ललितपुरलाई २–० को गोल अन्तरमा पराजित गर्दै सलहेसले यस पटक उपाधि लगेको छ । सलहेस तेस्रो संस्करणको उपविजेता पनि हो।

सलहेसले यस पटक उपाधिसहित नगद सात लाख दुई हजार ८२ रुपैयाँको पुरस्कार राशि हात पारेको छ। यस्तै उपविजेतामा चित्त बुझाएको चर्च ब्वाइजले ती लाख ५० हजार दुई रुपैयाँ ट्रफी हात पार्न सफल भयो। 

उपाधि भिडन्तका क्रममा सलहेसले चर्च ब्वाइजविरुद्ध दुवै गोल मध्यान्तरपछि गरेको थियो। सलहेसका लागि युसुफ मल्लिकले पहिलो र सुनिल खड्काले दोस्रो गोल गरेका थिए।

प्रकाशित: ३१ श्रावण २०८२ १८:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App