एस आइबिएस थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ।
एस इन्टरनेसनल बिजनस स्कुल (एस आइबिएस) को आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो। उक्त प्रतियोगितामा ब्वाइजतर्फ ३२ र गर्ल्समा १२ टिमको सहभागिता रहने आयोजकका बिबिए प्रोग्राम म्यानेजर कौशलराज पौडेलले जनाएका छन्।
ब्वाइजलाई आठ र गर्ल्सलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ। ब्वाइजतर्फ विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। गर्ल्समा पहिलो हुनेलाई १५ हजार र दोस्रोलाई आठ हजार नगदबाट पुरस्कृत गरिनेछ। पौडेलले प्रतियोगिताको उद्देश्य युवामाझ बास्केटबललाई प्रवर्द्धन गर्नु र खेलाडीहरूलाई आफ्नो सीप प्रदर्शन गर्ने प्लेटफर्म प्रदान गर्नु रहेको बताए। नेपाल बास्केटबल संघको सहकार्यमा हुने दुईदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइनेछ।
प्रकाशित: १६ भाद्र २०८२ ०९:५२ सोमबार





