म्याकायमा जारी दोस्रो टेस्टमा बंगलादेशले घरेलु टोली अस्ट्रेलियालाई पहिलो इनिङ्समा २१० रनमा अलआउट गरेको छ।
पहिलो इनिङ्समा बंगलादेशलाई ६४ रनमै समेटेको अस्ट्रेलियाले १४६ रनको अग्रता लिएको छ। अस्ट्रेलियाका लागि क्यामरन ग्रिनले सर्वाधिक ६७ रन बनाए भने नाथन लायनले ३१ रनको योगदान दिए।
बंगलादेशका शोरिफुल इस्लामले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिए। पहिलो दिन नै ६ विकेट लिएका शोरिफुलले अस्ट्रेलियाको मध्यक्रम र तल्लोक्रमलाई लगातार दबाबमा राखेका थिए।
यसअघि, अस्ट्रेलियाका मिचेल स्टार्कले ६ विकेट लिएपछि बंगलादेश ६४ रनमै समेटिएको थियो। पहिलो टेस्टमा ९ विकेटको हार बेहोरेको अस्ट्रेलिया दोस्रो खेलमा शृंखला बराबरी गर्ने लक्ष्यमा छ भने बंगलादेश लगातार दोस्रो जित निकाल्दै शृंखला कब्जा गर्ने दाउमा छ।
प्रकाशित: ७ भाद्र २०८३ ०६:५१ आइतबार





