श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रास्वपा सांसद आशिका तामाङको राजनीतिक स्वभाव आफ्नो पार्टीसँग मिल्ने बताएका छन्।
उनले तामाङले उठाउन खोजेका मुद्दा प्रतिपक्षको कित्तामा पर्ने भन्दै यस्तो बताएका हुन्।
साम्पाङले सामाजिक सञ्जालमा लेख्दै तामाङको विद्रोही स्वभाव आफ्नो पक्षसँग मिल्ने दाबी गरे। तामाङ झुक्किएर रास्वपाको उम्मेदवार बनेको टिप्पणी गरे।
उनले भनेका छन्, ‘आशिका तामाङ जीले गर्न खोज्नु भएको कुरा प्रतिपक्षको कित्तामा पर्छ। वहाँको विद्रोही स्वभाव मिल्ने पक्ष हाम्रो पक्ष हो। वहाँ झुक्किएर रास्वपाको क्यान्डिडेट बन्नु भएको हो।’
साम्पाङले तामाङको उद्देश्य श्रम संस्कृति पार्टीबाट मात्रै प्राप्त हुन सक्ने दाबीसमेत गरे। साथै, साम्पाङले आफ्नो भनाइ व्यक्तिगत विचार भएको भन्दै अन्यथा नलिन पनि आग्रह गरेका छन्।
उनले भने, ‘वहाँको उद्देश्य श्रम संस्कृतिबाट मात्रै प्राप्त गर्न सकिन्छ किनकि हामी अभियान्ता हौँ। मेरो व्यक्तिगत विचार राखेँ अन्यथा नदिइदिनु कसैले।
प्रकाशित: ७ भाद्र २०८३ ०६:४३ आइतबार





