२१ भाद्र २०८३ आइतबार
image/svg+xml
खेल

टस जितेर साउदीले ब्याटिङ रोज्यो, नेपाल बलिङमा

फाइल तस्बिर

एसीसी मेन्स प्रिमियर कप २०२६ अन्तर्गत नेपाल र साउदी अरेबियाबीचको अबको केहीबेरमा खेल सुरु हुँदैछ।

क्वालालम्पुरस्थित बायुएमास ओभलमा साउदी अरेबियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। नेपालले अब बलिङ गर्दै साउदीलाई सुरुआतमै दबाबमा राख्ने लक्ष्य लिएको छ।

नेपाल प्रतियोगितामा लगातार दुई जितसहित बलियो अवस्थामा छ। नेपालले पहिलो खेलमा बहराइनलाई सात विकेटले तथा दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। आज साउदीलाई हराउँदै नेपाल लगातार तेस्रो जित निकाल्ने योजनामा छ। 

प्रकाशित: २१ भाद्र २०८३ ०७:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App