टी–२० विश्वकप २०२६ को छनोट अन्तर्गत सुपर–६ को अन्तिम खेलमा समोआले टस जितेको छ। समोआका कप्तानले टस जितेर नेपाललाई पहिले े ब्याटिङको निम्तो दिएका छन्।
नेपाल हालसम्म अपराजित रहँदा अंक तालिकामा ८ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा छ। एसिया र पूर्वी एसिया प्यासिफिक क्षेत्रको यो छनोट प्रतियोगिताबाट नेपालसहित ओमान र युएईले विश्वकपमा स्थान बनाइसकेका छन्।
अब आज कमजोर मानिएको समोआलाई हराउँदै प्रतियोगिताको उपाधि जित्ने नेपालको लक्ष्य छ।
प्रकाशित: ३१ आश्विन २०८२ १५:४२ शुक्रबार





