बुकायो साकाले दोस्रो हाफमा गरेको निर्णायक गोलको मद्दतमा आर्सनलले इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई १-० ले पराजित गरेको छ। नयाँ सिजनको पहिलो अवे खेलमा जित निकाल्दै आर्सनलले उपाधि रक्षाको अभियानमा लगातार दोस्रो जित दर्ता गरेको हो।
भिल्ला पार्कमा भएको खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले प्रभावशाली अवसर सिर्जना गर्न सकेनन्। दोस्रो हाफमा भने आर्सनलले आक्रामकता बढायो। एबेरेची एजे मैदान प्रवेश गरेपछि पाहुना टोलीको अग्रपंक्ति थप प्रभावकारी देखियो। खेलको ५५औँ मिनेटतिर आर्सनलले पेनाल्टीको दाबी गरे पनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को हस्तक्षेपपछि पेनाल्टीको निर्णय उल्टिएर फ्रिकिकमा परिणत भयो।
तर त्यसको पाँच मिनेटपछि नै आर्सनलले अग्रता लियो। एजेले रिकार्डो कालाफियोरीलाई पास दिएपछि उनले मिलाएको उत्कृष्ट बलमा साकाले नजिकैबाट गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाए। सोहि गोलनै आर्सनलको जितको लागि पर्याप्त बन्यो।
प्रकाशित: १६ भाद्र २०८३ ०६:५० मंगलबार


-600x400.jpg)


