२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

साफ महिला यू- १७ च्याम्पियनसिप खेल्न गएको टोली स्वदेश आइपुग्यो

भुटानमा सम्पन्न साफ यू-१७ महिला च्याम्पियनसिप खेलेर नेपाली टोली स्वदेश फर्किएको छ।

नेपाली यू- १७ महिला टोली सोमबार बिहान नेपाल आइपुगेको हो। नेपाल सम्पन्न प्रतियोगितामा तेस्रो हुँदै स्वदेश फर्कियो।  

डबल राउन्ड रोबिनमा भएको खेलमा नेपालले कूल ६ खेल खेलेको थियो। ६ खेल खेलेको नेपालले १ खेलमा मात्र जित हात पार्न सक्यो।

नेपाल भारत र बंगलादेशसँग समान २( २ खेलमा पराजित भयो। नेपालले आयोजक राष्ट्र  भुटानलाई एक खेलमा पराजय गर्दा अर्का खेलमा बराबरी खेलेको थियो। प्रतियोगिता गत भदौ ५ गते सुरु भएको थियो।

साफ यू- १७ महिला च्याम्पियनसिपको उपाधि भारतले जित्यो।

प्रकाशित: १६ भाद्र २०८२ ११:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App