१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

साफ यू–२० च्याम्पियनसिपः नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै

माल्दिभ्समा जारी साफ यू–२० पुरुष च्याम्पियनसिपअन्तर्गत शुक्रबार नेपालले आफ्नो तेस्रो खेलमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ।

मालेस्थित नेसनल स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ।

यसअघि नै नेपाल सेमिफाइनलमा पुगिसकेको छ। श्रीलंकालाई पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको थियो।

आज माल्दिभ्सलाई पराजित गर्दै नेपाल समूह चरणको शीर्ष स्थानमा रहँदै सेमिफाइनल खेल्न चाहन्छ।

नेपालले पहिलो खेलमा भुटानलाई २–१ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो।

प्रकाशित: १३ चैत्र २०८२ ११:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App