४ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

साफ यू-१७ महिला च्याम्पियनसिप : बंगलादेशसँग आज नेपालको भिडन्त

दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-१७ च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग खेल्दै छ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने खेल नेपाली समयअनुसार अपरान्ह ५:४५ मा सुरु हुनेछ। यसअघि नेपालले पहिलो खेल भारतसँग खेलेको थियो। जहाँ नेपालले भारतसँग ७-० को फराकिलो हार बेहोरेको थियो।

आफ्नो दोस्रो खेलमा भने नेपालले आयोजक राष्ट्र भुटानलाई २-१ ले पराजित गरेको थियो। आज नेपाल बंगलादेशलाई हराउने दाउमा छ।

प्रतियोगितामा नेपाल, भुटान, भारत र बंगलादेशको सहभागिता छ। प्रतियोगिता राउन्ड रोबिनको आधारमा हुनेछ।

अब नेपालले अगस्ट २७ मा बंगलादेशसँग, अगस्ट २९ मा भारतसँग र अगस्ट ३१ मा भुटानसँग खेल्न छ।

प्रकाशित: ८ भाद्र २०८२ ०७:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App