१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

साफ यु-१७ च्याम्पियनसिप : नेपालको सेमिफाइनल सम्भावना बलियो

समीर कुमार चम्किँदा नेपालले उद्घाटन खेलमा श्रीलंकालाई हराउँदै साफ यु–१७ च्याम्पियनसिपमा सुखद सुरुआत गरेको छ । १० खेलाडीमा सीमित घरेलु टोली श्रीलंकामाथि २–० को सहज जित निकाल्दै नेपालले सुखद सुरुआत गरेको हो । 

कोलम्बोस्थित कोलम्बो रेसकोर्स स्पोर्ट्स कम्प्लेक्समा सोमबार नेपालको जितमा समीरले दुई गोल गरे । यो जितसँगै तीन राष्ट्र रहेको समूहबाट नेपालको सेमिफाइनल सम्भावना बलियो भएको छ । अब नेपालले आगामी सेप्टेम्बर १८ मा साबिक उपविजेता बंगलादेशसँग बराबरीको नतिजा निकाले पनि सेमिफाइनलमा पुग्नेछ । यद्यपि, हार सामना गरेको खण्डमा भने समूहको अन्तिम खेल श्रीलंका र बंगलादेशबीचको खेल फर्खनुपर्नेछ । यद्यपि, नेपाली टोली यसपल्ट बंगलादेशलाई हराउँदै उच्च आत्मबलका साथ खेल्ने लक्ष्यमा छ ।

खेलको २८औं मिनेटमा नै श्रीलंका १० खेलाडीमा सीमित हुन पुग्यो । मोहम्मद इफाम दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदानबाट बाहिरिएपछि घरेलु टोलीले एक खेलाडीबिना नै खेल्यो । तर, नेपाल पहिलो हाफमा त्यसको फाइदा लिन असफल भयो । समीरले नै दुई सुनौला अवसर सदुपयोग गर्न सकेनन् । खेलको ३९औं मिनेटमा समीर गोलनजिक देखिन्थे । सेन्टरब्याक एवम् कप्तान प्रशान्त मोक्तानको लामो पास विपक्षी डिफेन्डर अहमद आमिस वासिमले नियन्त्रणमा लिन सकेनन् । त्यो बल समीरसम्म पुग्यो । तर, उनको प्रहार दोस्रो बार नजिकैबाट बाहिरिन पुग्यो । लगत्तै समीरले अर्को अवसर पनि खेर फाले । मिडफिल्डर सुशन थापामगरले राइट साइडबाट दिएको कट पासलाई समीरले पोस्टको दिशा लिन सकेनन् ।

खेलको २८औं मिनेटमा नै श्रीलंका १० खेलाडीमा सीमित हुन पुग्यो । मोहम्मद इफाम दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदानबाट बाहिरिएपछि घरेलु टोलीले एक खेलाडीबिना नै खेल्यो । तर, नेपाल पहिलो हाफमा त्यसको फाइदा लिन असफल भयो । दोस्रो हाफमा भने दुई गोल गर्‍यो ।

३२औं मिनेटमा पनि नेपाली किशोर टोली भाग्यमानी बन्यो । घरेलु टोलीले एउटा राम्रो अवसर जोगाउन सकेन । मिडफिल्डर आइरुशा जयाथुंगाको सुन्दर पासमा बक्सभित्र अनमार्क कप्तान इशाक मउफरको हेडर गोल हुन सकेन । इशाकको हेडर नेपाली गोलकिपर रामबहादुर बोहराले नियन्त्रणमा लिन सकेनन् । रामबहादुरले फुत्काएको बल दोस्रो बारमा ठोकिएर बाहिरिन पुग्यो । यसपछि थप अवसर सिर्जना भएन र पहिलो हाफमा नेपाल अग्रता लिन असफल रह्यो । पहिलो हाफ भने बराबरीमा नै सकियो । तर, समीरले ५२औं मिनेटमा नेपाललाई अग्रता दिलाए । लेफ्ट साइडबाट प्रतीश थापामगरको सुन्दर क्रसमा बक्सभित्र अनमार्क समीरले हेडरमार्फत गोल गरे ।

घरेलु टोलीका दुई डिफेन्डरको बीचबाट उनको हेडर पहिलो बारको जाली चुम्न पुग्यो । उनको त्यो हेडर श्रीलंकन गोलकिपर शाथिन कथाफीले भेट्टाउन नै सकेनन् । नेपालले दोस्रो गोलका लागि भने लामो समय पर्खनुपर्‍यो । इन्जुरी समयमा निश्चल मगरको सुन्दर थ्रु पासमा समीरले व्यक्तिगत दोस्रो गोल गरे । गोलकिपर शाथिन अगाडि बढेको स्थितिमा उनले बललाई पहिलो बारमा प्लेसिङ गरेका हुन् । यससँगै नेपालले घरेलु टोलीलाई स्तब्ध बनाउँदै सुखद सुरुआत गर्‍यो । अब नेपालले समूह ‘ए’ को आफ्नो दोस्रो खेलमा बिहीबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । मंगलबार समूह ‘बी’ का दुई खेल हुनेछन् । पहिलो खेलमा भारतले माल्दिभ्सको सामना गर्नेछ । दोस्रो खेलमा भुटान र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित: ३१ भाद्र २०८२ ०७:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App