२३ पुस २०८२ बुधबार
image/svg+xml
खेल

साफ यु-१७ च्याम्पियनसिप: सेमिफाइनलमा नेपाल र भारत प्रतिस्पर्धा गर्दै

साफ यु–१७ पुरुष च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपाल र भारत आमने- सामना हुँदै छन्।

खेल बिहीबार श्रीलंकाको रेसकोर्स अन्तर्राष्ट्रिय रङ्गशालामा नेपाली समयअनुसार राति ७:३० बजे सुरु हुनेछ। नेपाल समूह ए काे उपविजेता र भारत समूह बि काे विजेता बन्दै सेमिफाइनल प्रवेश गरेकाे हाे।

जारी प्रतियोगितामा भारतकाे अपराजित यात्रा कायम छ। त्यही अपराजित यात्रा कायम राख्ने लक्ष्य सहित भारत आज मैदानमा उत्रिने छ। नेपाल भारतलाई जित्ने दाउसहित मैदानमा आउनेछ।

आजै हुने पहिलाे सेमिफाइनल खेलमा पाकिस्तान र बङ्गलादेश खेल्दै छन्। जारी प्रतियोगितामा कुल ७ टाेलीले सहभागिता जनाएका थिए।

प्रकाशित: ९ आश्विन २०८२ ०७:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App