१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

साफ फुटसल च्याम्पियनसिप : पुरुष र महिला टोलीको घोषणा

साफ फुटसल च्याम्पियनसिप खेल्ने नेपाली पुरुष र महिला टोलीको घोषणा भएको छ।

थाइल्यान्डमा हुने उक्त च्याम्पियनसिप जनवरी १३ देखि २६ गतेसम्म आयोजना हुने छ। पुरुष टोलीका मुख्य प्रशिक्षक अनिल बहादुर गुरुङ र महिला टोलीका मुख्य प्रशिक्षक विक्रम महर्जनले फुटसल खेल्ने आ-आफ्ना अन्तिम टोली घोषणा गरेका हुन्। 

फुटसल खेल्ने नेपाली पुरुष टोलीमा अमित लामा, अशोक दर्लामी, दिपेश श्रेष्ठ (गोलकिपर), पदम तामाङ (गोलकिपर), विजय श्रेष्ठ, विक्रान्त नरसिंह राणा, विशाल सारु मगर, जेनिश प्रजापति, लाक्पा तामाङ, पेम्बा दोर्जे लामा, सञ्जे स्याङ्तान, सरोज तामाङ, सुबेत लामा र सुरज गुरुङ रहेका छन्।

यस्तै महिला टोलीमा अनिता केसी, अञ्जली मछामसी, बिमला चौधरी, झरना डुम्राकोटी (गोलकिपर), साबित्री किसन (गोलकिपर), बिमला थापा, दीपा राई, जेनिफर राना, मनीषा थापा मगर, प्रतिक्षा ठकुरी, रोशनी बोहोरा क्षेत्री, सजिना कोइराला, सुनकला राई र सुष्मा तामाङ छन्। 

प्रकाशित: ७ पुस २०८२ १३:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App