साफ क्लब महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक भएको छ। सोमबार दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले खेल तालिका सार्वजनिक गरेको हो। उक्त च्याम्पियनसिप काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा डिसेम्बेर ५ देखि २० सम्म आयोजना हुनेछ।
प्रतियोगिताको पहिलो खेलमा नेपालको एपीएफ क्लब र बंगलादेशको नासरिन स्पोर्ट्स एकेडेमीबिच प्रतिस्पर्धा हुनेछ। सोही दिन भुटानको ट्रान्सपर्ट युनाइटेड एफसी र पाकिस्तानको कराची सिटी एफसीबीच पनि खेल हुनेछ ।
प्रतियोगिता सिंगल राउन्ड रोबिनमा हुनेछ। प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।
प्रकाशित: २० आश्विन २०८२ १८:३९ सोमबार





