पहिलो पटक आयोजन हुन लागेको साफ क्लब च्याम्पियनसिप भोलिबाट सुरु हुँदैछ।
शुक्रबार सुरु हुने उक्त च्याम्पियनसिपमा पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले सहभागिता जनाउँदै छन्। सो च्याम्पियनसिप त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आयोजना हुँदैछ। भोलिबाट सुरु हुने सो प्रतियोगिता पुस ५ गतेसम्म चल्ने छ।
जसमा नेपालबाट एपीएफ फुटबल क्लब, पाकिस्तानबाट कराँची सिटी एफसी , भारतको पश्चिम बंगाल, बंगलादेशबाट नसरिन स्पोर्ट्स एकेडेमी र भुटानबाट ट्रान्सपोर्ट युनाइटेड एफसीले खेल्दै छन्। प्रतियोगिताको खेल सिंगल राउन्ड रोविनमा आयोजना हुनेछ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुसार यस प्रतियोगिताको विजय हुने टोलीले १० हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।
प्रकाशित: १८ मंसिर २०८२ १३:४४ बिहीबार





