१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

साफ क्लब च्याम्पियनसिप : एपीएफ र इस्ट बंगाल भिड्दै

काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल एपीएफ क्लब र भारतको इस्ट बंगाल क्लबले प्रतिस्पर्धा गर्दछन्।

बुधबार खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुका ६ बजे हुनेछ। आजको खेलअघि नै यी दुवै टोलीले फाइनलमा आफ्नो स्थान बनाइसकेका छन्।

समूह चरणमा एपीएफ र इस्ट बंगाल दुवै टोली अपराजित हुँदै फाइनलमा प्रवेश गरेका हुन्। आज हुने खेल खेल्न आउँदा दुवै टोलीको लक्ष्य जित्नु नै हुनेछ।

घरेलु मैदानको सदुपयोग गर्ने लक्ष्यमा एपीएफ हुनेछ भने इस्ट बंगाल एपीएफलाई उसकै मैदानमा हराउन चाहन्छ।

जारी प्रतियोगिता पहिलो पटक आयोजना भएको हो। जहाँ ५ देशका क्लबहरूले सहभागिता जनाएका छन्।

प्रकाशित: २ पुस २०८२ १३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App