४ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

राइजिङ स्टार्स एसिया कप २०२५ : सुपर ओभरमा बंगलादेशलाई हराउँदै पाकिस्तानले जित्यो उपाधि

दोहामा आइतबार भएको राइजिङ स्टार्स एसिया कप २०२५ को फाइनलमा पाकिस्तान शाहिन्सले बंगलादेश ए लाई सुपर ओभरमा हराउँदै उपाधि जितेको छ।

पहिले ब्याटिङ गरेको पाकिस्तान शाहिन्स २० ओभरमा १२५ रनमै अलआउट भयो। साद मसूदले २६ बलमा ३८ रन बनाए। रिपन मन्डोलले चार ओभरमा ३/२५ र रकिबुल हसनले २/१६ लिएर बंगलादेशले खेल नियन्त्रणमा लिएको थियो।

१२६ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेश ए १८ औं ओभरमा ९६/९ पुगेर लगभग हार्नै लागेको थियो। तर अब्दुल गफ्फर सकलेन र रिपन मन्डोलले अविजित २९ रनको साझेदारी गर्दै खेल सुपर ओभरसम्म पुर्‍याए।

सुपर ओभरमा अहमद दानियलले बंगलादेशलाई ६/२ मा रोके। जवाफमा पाकिस्तानले दुई बल बाँकी छँदै ७ रनको लक्ष्य पूरा गर्‍यो। अहमद दानियलले ४ ओभरमा २/११ र सुपर ओभरमा २ विकेट लिए। सुफियान मुकीमले ४ ओभरमा ३/११ लिए।

यो उपाधिसँगै पाकिस्तान शाहिन्सले सात संस्करणमा तेस्रो पटक ट्रफी उचालेको छ। यसअघि २०१९ र २०२३ मा पनि पाकिस्तानले नै जितेको थियो। अब यो प्रतियोगिताको इतिहासमा सबैभन्दा सफल टोली पाकिस्तान नै बनेको छ।

सेमिफाइनलमा पाकिस्तान श्रीलंका ए लाई ५ रनले र बंगलादेश ए सुपर ओभरमा भारत ए लाई हराएर फाइनल पुगेका थिए। एजेन्सी

प्रकाशित: ८ मंसिर २०८२ ०८:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App