२०२६ फिफा विश्वकपले अहिलेसम्मकै सबैभन्दा भव्य प्रतियोगिताको रूपमा रेकर्ड कायम गरिसकेको छ। विश्वकप सुरु हुनुभन्दा पहिले नै सबैभन्दा धेरै आयोजक राष्ट्र, सबैभन्दा धेरै खेल र सबैभन्दा धेरै पुरस्कार राशिको रेकर्ड कायम गरिसकेको छ।
इतिहासमा पहिलो पटक तीन राष्ट्रहरूले १६ शहरहरूमा ( क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिका) प्रतियोगिता आयोजना गर्नेछन्। जसमा १०४ खेलहरू हुनेछन्। प्रतियोगितामा ४८ टोलीको ढाँचा विस्तार गरिएको छ, जुन अघिल्ला विश्वकपमा ३२ थियो।
१९९४ को विश्वकप संस्करणमा स्थापित ‘३५ लाखको संचयी उपस्थिति रेकर्ड’ यस वर्षको प्रतियोगितामा तोडिने फिफाले अनुमान गरेको छ।
यस्ता छन् विश्वकपका वर्षौंदेखिका प्रमुख रेकर्डहरु
सबैभन्दा धेरै उपाधि कसले जितेको छ ?
-ब्राजिल (१९५८, १९६२, १९७०, १९९४ र २००२)
ब्राजिलले पाँच पटक विश्वकप जितेको छ। यस्तै, १९३० पछि प्रतियोगिताको सबै संस्करणहरूमा भाग लिने एक मात्र टोली हो। उनीहरुले सात फाइनल र ११ सेमिफाइनल खेलेको छ।
जर्मनी र इटालीले चाररचार उपाधि जितेका छन्। इटालीले लगातार तेस्रो विश्वकप गुमाएपछि यस वर्ष जर्मनीले मात्र अर्को उपाधि जित्ने मौका पाएको छ।
व्यक्तिगत स्तरमा ब्राजिलका दिग्गज पेले बाहेक अरू कसैको नाममा सबैभन्दा धेरै विश्वकप जित्ने रेकर्ड छैन। उनले १९५८, १९६२, १९७० गरी तीन पटक विश्वकपको ट्रफि समाएका छन्। यस्तै, टोलीका साथी बेलिनी र कास्टिल्होले १९५८ र १९६२ संस्करणहरूमा र काफुले १९९४ र २००२ मा ब्राजिललाई ट्रफी जिताउन सहयोग गरे।
विश्वकपमा अहिलेसम्म सबैभन्दा धेरै गोल गर्ने खेलाडी को हो ?
-मिरोस्लाभ क्लोस (१६ गोल)
चार विश्वकपमा २४ खेलमा १६ गोल गर्दै जर्मन खेलाडीले सबैभन्दा धेरै गोलको रेकर्ड राखेका छन्।
यस सूचीमा रहेका अन्य खेलाडीहरु यसप्रकारको छः
रोनाल्डो (ब्राजिल) – चार विश्वकप, १९ खेलमा १५ गोल
गर्ड मुलर (पश्चिम जर्मनी) – दुई विश्वकप, १३ खेलमा १४ गोल
जस्ट फन्टेन (फ्रान्स) – एक विश्वकप, ६ खेलमा १३ गोल
लियोनेल मेस्सी (अर्जेन्टिना) – पाँच विश्वकप, २६ खेलमा १३ गोल
केलियन एमबाप्पे (फ्रान्स) – दुई विश्वकप, १४ खेलमा १२ गोल
पेले (ब्राजिल) – चार विश्वकप, १४ खेलमा १२ गोल
एउटै विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी को हो ?
-जस्ट फन्टेन (१३ गोल)
फ्रान्सेली खेलाडीले १९५८ मा स्वीडेनमा भएको विश्वकपमा छ खेलमा १३ गोल गरेका थिए।
अन्य शीर्ष स्कोररहरू:
स्यान्डोर कोसिस (हंगेरी), १९५४ को विश्वकप – ११ गोल
गर्ड मुलर (पश्चिम जर्मनी), १९७० को विश्वकप – १० गोल
एडेमिर (ब्राजिल), १९५० को विश्वकप – ९ गोल
युसेबियो (पोर्चुगल), १९६६ को विश्वकप – ९ गोल
गुइलेर्मो स्टेबिल (अर्जेन्टिना), १९३० को विश्वकप – ८ गोल
रोनाल्डो (ब्राजिल), २००२ को विश्वकप – ८ गोल
किलियन एमबाप्पे (फ्रान्स), २०२२ को विश्वकप – ८ गोल
२०२६ को विश्वकपमा सबैभन्दा कान्छो खेलाडी को हुन् ?
-गिल्बर्टो मोरा (जुन ११ मा प्रतियोगिताको उद्घाटनमा १७ वर्ष २४० दिन)
२०२६ को विश्वकपमा सबैभन्दा कान्छो खेलाडी मेक्सिकोका गिल्बर्टो मोरा हुन्। जनवरी २०२५ मा १६ वर्षको उमेरमा मोराले मेक्सिकोका लागि आफ्नो सिनियर अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए। अगस्ट २०२४मा १५ वर्षको उमेरमा उनले मेक्सिकन पहिलो डिभिजनमा डेब्यू गर्दै गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए।
२०२६ को विश्वकपमा २० वर्ष मुनिका २२ खेलाडीहरू छन्।
२०२६ को विश्वकपमा सबैभन्दा बढी उमेरका खेलाडी को हुन् ?
-क्रेग गोर्डन (जुन ११ मा प्रतियोगिताको उद्घाटनमा ४३ वर्ष १६२ दिन)
२००४ मा गोर्डनले विश्वकपमा डेब्यू गरेका थिए। २०२६को विश्वकप सम्म आइपुग्दा उनी ४३ वर्ष १६२ दिनका हुनेछन्।
यसअघि इजिप्टका गोलकिपर एसाम एल हदारीले २०१८ को विश्वकप खेल्दा ४५ वर्षका थिए।
यसपालीको विश्वकपमा ४० वर्ष वा सोभन्दा माथिका कुल सात खेलाडीहरू छन्। जसमा अन्य अनुभवी खेलाडीहरू समावेश छन्ः
क्रिस्टियानो रोनाल्डो (पोर्चुगल), ४१ वर्ष – छैटौं विश्वकप खेल्दै
गुइलेर्मो ओचोआ (मेक्सिको), ४० वर्ष – छैटौं विश्वकप खेल्दै
म्यानुएल नुयर (जर्मनी), ४० वर्ष – पाँचौं विश्वकप खेल्दै
लुका मोड्रिक (क्रोएसिया), ४० वर्ष – पाँचौं विश्वकप खेल्दै
लियोनेल मेस्सी (अर्जेन्टिना), ३८ वर्ष – छैटौं विश्वकप खेल्दै
कति टोलीले डेब्यू गर्दैछन् ?
यसपालीको विश्वकपमा चार टोलीले डेब्यू गर्दैछन्। केप भर्डे, उज्बेकिस्तान, जोर्डन र कुराकाओले पहिलो पटक विश्वकपमा डेब्यू गर्न लागेका हुन्।
२००६ मा आठ टोलीले डेब्यू गरेपछि विश्वकपमा प्रवेश गर्ने टोलीहरूको यो सबैभन्दा ठूलो संख्या हो।
कुन खेलाडीको कुल सम्पत्ति सबैभन्दा बढी ?
क्रिस्टियानो रोनाल्डो (१.४ बिलियन डलर)
फोर्ब्सका अनुसार रोनाल्डो १.४ अर्ब डलरको कुल सम्पत्ति भएका पहिलो अर्बपति फुटबल खेलाडी हुन्। ब्रान्ड समर्थन र साउदी क्लब अल–नासरसँगको आकर्षक सम्झौताका कारण उनी विश्वको सबैभन्दा धेरै कमाउने खेलाडीहरूको सूचीको पहिलो स्थानमा रहेका छन्।
विश्वकपमा सबैभन्दा धेरै सहभागिता जनाउने खेलाडी
-लियोनेल मेस्सी (२६ खेल)
अर्जेन्टिनाका आइकन लियोनेल मेस्सीले पाँच प्रतियोगिता (२००६, २०१०, २०१४, २०१८, २०२२) मा कुल २६ खेल खेलेका छन्।
उनीभन्दा ठीक तल जर्मनीका लोथर म्याथाउस र क्लोसले क्रमशः २५ र २४ खेल खेलेका छन्। इटालीका पाओलो माल्दिनीको विश्वकपमा २३ खेल खेलेका छन् भने क्रिस्टियानो रोनाल्डोको २२ खेल खेलेका छन्।
औसत उमेरको हिसाबले सबैभन्दा कान्छो टोली कुन हो ?
आइभरी कोस्ट २५.४८ वर्षको औसत उमेरको साथ सबैभन्दा कान्छो टोली बन्ने तयारीमा छ।
औसत उमेरको हिसाबले सबैभन्दा पुरानो टोली
कोलम्बिया औसत उमेर २९.९८ वर्षसहित २०२६को विश्वकपमा खेल्दैछन्।
सबै भन्दा कम घरेलु खेलाडीको संख्या
काबो भर्डे, डीआर कंगो, आइभरी कोस्ट, कुराकाओ, सेनेगल र उरुग्वेले आफ्ना सम्पूर्ण टोलीहरू विदेशी लिगहरूबाट लिएका छन्।
यसको विपरित, कतार र साउदी अरेबियाले घरेलु स्तरमा आफ्ना २६ खेलाडीमध्ये २५ खेलाडीलाई मैदानमा उतार्छन्।
विश्वकपको सबैभन्दा ठूलो पुरस्कार राशि कति हो ?
फिफाले डिसेम्बरमा विश्वकपको कीर्तिमानी पुरस्कार कोष ७२७ मिलियन डलर घोषणा गर्यो। जसमा विजेता टोलीले ५० मिलियन डलर घर लैजानेछ र प्रत्येक टोलीले कम्तिमा १०.५ मिलियन डलर पाउनेछ।
यो अघिल्लो संस्करणको ४४० मिलियन डलर पुरस्कार रकमभन्दा उल्लेखनीय उछाल हो, जसमा अर्जेन्टिनाले च्याम्पियन्स ट्रफीसँगै ४२ मिलियन डलर घर लगेको थियो।
सबैभन्दा सानो राष्ट्र कुन हो?
-कुराकाओ (१,५८,००० मानिसहरू)
२०२६ को विश्वकपमा सबैभन्दा सानो राष्ट्र कुराकाओले डेब्यु गर्दैछ। यहाँको जनसंख्या १,५८,००० रहेको छ।
कति राष्ट्रियताहरूको प्रतिनिधित्व गर्दैछन्?
-७१
७१ राष्ट्रियताहरूसँग फुटबलको विश्वव्यापी प्रकृति पूर्ण रूपमा प्रदर्शन हुँदैछ।
३५, युइएफए
१४, एएफसी
८, कन्मेबोल
७, कन्काकाफ
६, सिएएफ
१, ओएफसी
विश्वकपमा सबैभन्दा बढी प्रतिनिधित्व गर्ने क्लब कुन हो ?
म्यानचेस्टर सिटी (१९ खेलाडीहरू)
प्रिमियर लिग क्लब सूचीको शीर्ष स्थानमा छ
एफसी बायर्न (१८ खेलाडीहरू)
पेरिस सेन्ट–जर्मेन र आर्सनल (१६–१६ खेलाडी)
एफसी बार्सिलोना (१५ खेलाडीहरू)
म्यानचेस्टर युनाइटेड, क्रिस्टल प्यालेस, एट्लेटिको म्याड्रिड, अल हिलाल (प्रत्येक १२ खेलाडी)
अल–जजीराको सहयोगमा
प्रकाशित: २५ जेष्ठ २०८३ १५:५० सोमबार





