२७ आश्विन २०८३ मंगलबार
image/svg+xml
खेल

ला लिगामा रियल सोसिडाड र बेटिसको गोलवर्षा, आज लेभान्ते र सेभिल्ला भिड्दै

स्पेनिस ला लिगा फुटबलमा गएराति भएका खेलमा रियल सोसिडाड र रियल बेटिसले प्रभावशाली जित निकालेका छन्। रियल सोसिडाडले डेपोर्टिभो ला कोरुनालाई ३-२ ले हराउँदा बेटिसले ओसासुनामाथि ५-२ को जित दर्ता गर्‍यो। एल्चे र सेल्टा भिगोले भने गोलरहित बराबरी खेलेका छन्।

रियल सोसिडाडले घरेलु मैदानमा डेपोर्टिभो ला कोरुनालाई ३-२ ले पराजित गरेको हो। सोसिडाडका लागि मार्टिनले २९औँ, जाखार्यानले ३४औँ र गुएदेसले ५४औँ मिनेटमा गोल गरे। डेपोर्टिभोका कारेनोले ६१औँ र क्युबासले ६९औँ मिनेटमा गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

त्यस्तै, रियल बेटिसले ओसासुनाविरुद्ध ५-२ को फराकिलो जित निकाल्यो। बेटिसका इस्कोले १०औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। एब्डेले ३१औँ मिनेटमा गोल गरे भने ओसासुनाका खेलाडीको आत्मघाती गोलबाट बेटिसले ४८औँ मिनेटमा अग्रता बढायो। इस्कोले ६७औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। मोरान्तेले इन्जुरी समयको छैटौँ मिनेटमा पाँचौँ गोल थपे। ओसासुनाका लागि बुदिमिरले ५१औँ र गार्सियाले ५६औँ मिनेटमा गोल गरे पनि टोलीको हार टार्न सकेनन्।

एल्चे र सेल्टा भिगोबीचको खेल भने गोलरहित बराबरीमा सकियो। अर्को खेलमा रेसिङ सान्तान्देर र भ्यालेन्सियाले २-२ गोलको बराबरी खेले। भ्यालेन्सियाका राबाले दोस्रो मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। रेसिङका जाबिरीले ३२औँ र मार्टिनले ४७औँ मिनेटमा गोल गर्दै खेलमा अग्रता लिए। तर, भ्यालेन्सियाका ओटोरबीले ६५औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।

ला लिगाअन्तर्गत आज लेभान्ते र सेभिल्लाबीच प्रतिस्पर्धा हुँदैछ। लेभान्तेको घरेलु मैदान सिउदाद डे भ्यालेन्सियामा हुने खेल नेपाली समयअनुसार मंगलबार बिहान १२ः४५ बजे सुरु हुनेछ।

प्रकाशित: २६ आश्विन २०८३ ०८:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App